25
काठमाडौं । अभिनेत्री साम्राज्ञी शाह आगामी फिल्म ‘जदौ’मा अनुबन्धित भएकी छन् । यो फिल्मको औपचारिक घोषणा बैशाख १ गते निर्माताले टिजर पोस्टरमार्फत गरिसकेका छन् ।
सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेनमेन्ट प्रालिले संयुक्त रुपमा निर्माण गर्ने फिल्मको परिकल्पना र लेखन काजी लिम्बूको छ । निर्देशकबारे निर्माण टिमले खुलाएको छैन ।
भदौदेखि छायांकन थालिने यो फिल्मलाई श्याम तामाङले खिच्नेछन् । बुद्धि माझी निर्माण व्यवस्थापन रहेको फिल्मका गीतमा बाबुल गिरीको संगीत हुनेछ ।
सहनिर्मातामा ओम चेम्जोङ, राजाराम सुवेदी र शान्ता तामाङ छन् । अन्य कलाकार तथा प्राविधिकबारे चाँडै नै पूर्ण जानकारी दिइने समिश्रण मुभिजका निर्देशक अन्जन शर्माले बताए । प्रदर्शन २०८२ सालभित्र गर्ने तयारी छ ।