48
काठमाडौँ । लोकप्रिय टेलिसिरियल ‘सक्किगोनी’मा दर्शकमाझ ‘सुरु’ पात्रबाट चिनिएकी कलाकार सुरक्षा इटानी अब ठूला पर्दामा देखिने भएकी छन् । उनले चलचित्र ‘द ब्लु लाइट’ मार्फत चलचित्रमा डेब्यु गर्ने भएकी हुन् ।
सुरक्षा इटानीले दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । सुरक्षाले यसलाई ठूलो अवसरको रुपमा लिएको बताएकी छन् । ठूलो पर्दाको डेब्युलाई उनले आफ्नो कलाकारिता यात्राको नयाँ अध्यायको रुपमा लिएकी छन् ।
फिल्मको निर्देशन भने प्रतीक्षित चलचित्र ‘बलिदान’का लेखक तथा मुख्य सह-निर्देशक समेत रहेका बलिराम चौहानले गर्दै छन् । फिल्मलाई स्काइफल पिक्चर्सले प्रस्तुत गर्दैछ ।
@celebritynepal.com बाट सम्पादित