इटहरी । किशोरीहरुको सौन्दर्य तथा बौद्धिक प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यसाथ सञ्चालित ‘मिस एसईई इटहरी’को पाँचौँ संस्करणको ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ ।
मंगलबार सुनसरीको इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा आयोजित ट्यालेन्ट राउन्डमा २६ फाइनलिस्टहरुले प्रतिभा प्रस्तुत गरेका थिए । ट्यालेन्ट राउण्डको निर्णायकमा आकाश इन्स्टिच्युटका सीइओ गोपाल निरौला, ओपन स्पेस प्रालिका सीइओ सजिना श्रेष्ठ, कोरियोग्राफर निकिशा कठायत र सामाजिक अभियन्ता निराजन पाण्डे रहेका थिए । कार्यक्रमको सञ्चालन शुभेक्षा कार्कीले गरेकी थिइन् ।
उपाधिका लागि सुजना श्रेष्ठ, श्रेयांशी भट्टराई, अमिका घिमिरे, पवित्रा कुँवर, रक्षा मोचि, प्रीति थापा, समीक्षा कार्कि, पुष्पाञ्जलि श्रेष्ठ, अर्पणा राउत, कृतिका सुवेदी, स्नेहा कटवाल, बेदिका भुजेल, रितिका खड्का, रचना मगर, रोस्मी राई, आयुषा बराल, आयुषा राउत, रेश्मा विष्ट, संस्कृति दाहाल, रेनेशा प्रधान, अदिति गुरागाईं, इप्सिता रेग्मी, युना राई र पेरिशा शंकरले यतिबेला मेहनत गरिरहेका छन् । यी प्रतिस्पर्धीहरुलाई शुभेक्षा कार्कीले कोरियोग्राफी गरिरहेकी छन् ।
ओपन स्पेस प्रालिको आयोजनामा भइरहेको यो प्रतियगिताको फाइनल यही जेठ ३१ गते इटहरीको लायन्स क्लबमा हुने प्रतियोगिताका निर्देशक सरोज श्रेष्ठले जानकारी गराए । यो प्रतियगिताको विजेताले प्लस टू फूल स्कलरसिप सँगै अन्य थुप्रै पुरस्कार तथा सब-टाइटलहरु प्राप्त गर्नेछन् । कार्यक्रमको संयोजनको रुपमा इटहरी उपमहानगरपालिका, सहयोगीमा आकाश इन्स्टिच्युट र यार्सागुम्बा रहेको छ भने मिडिया पार्टनरको रुपमा परिकला न्यूज रहेको छ ।