Home समाचार ‘ऊनको स्वीटर’ ले दर्शकसँग केक काटेर सेलिब्रेसन

‘ऊनको स्वीटर’ ले दर्शकसँग केक काटेर सेलिब्रेसन

by Parda Sansar
A+A-
Reset

काठमाडौं  । २०८२ सालको पहिलो सुपरहिट फिल्म बन्न सफल ‘ऊनको स्वीटर’ले चौथो हप्तासम्म आइपुग्दा पनि नेपाली बक्स अफिसमा धमाका मच्चाइरहेको छ । प्रदर्शनको तेस्रो हप्तामा नै १० करोडभन्दा बढी ग्रस कमाइ गरिसकेको यो फिल्मले न केवल व्यावसायिक रेकर्ड तोडिरहेको छ, बरु दर्शकहरूका मनमा पनि विशेष स्थान बनाएको छ ।

यसै खुसीको अवसरमा फिल्म युनिटले मङ्गलवार साँझ काठमाडौंको चाबहिलस्थित एफक्युब सिनेमा हलमा फिल्म हेरेका दर्शकहरूमाझ केक काटेर सेलिब्रेसन गरेको छ । सो अवसरमा प्रमुख कलाकार विपिन कार्की, एलेक्स पारस, परीक्षा लिम्बु, शारदा देवी सिलवाल, भावना खपाङ्गी मगर, गायक सुजन चापागाईँ, सङ्गीत निर्देशक कोविद बज्र, गीतकार हर्क साउद, छायाकार चिन्तन राजभण्डारी र निर्देशक नवीन चौहान लगायतको उपस्थिति थियो ।

केकमा फिल्मका पोस्टरहरू र चर्चित गीतहरूको झल्को दिने चित्रहरू राखिएको थियो । निर्देशक नवीन चौहानका अनुसार यो केक काट्ने कार्यक्रम कुनै प्रचारात्मक गतिविधि होइन, तर ‘दर्शकसँग खुसी साट्ने र धन्यवाद व्यक्त गर्ने प्रयास’ हो । उनका अनुसार, ‘ऊनको स्वीटर’ ले १० करोड क्लबमा प्रवेश गरेपछि गोलाप्रथामार्फत सिनेमा हल छानिएको थियो, जसमा एफक्युब हल परेकोले त्यहीँ कार्यक्रम आयोजना गरिएको हो ।

सो अवसरमा हल करिब हाउस फुल थियो र दर्शकहरूको उत्साह चुलिएको देखिन्थ्यो । युनिटले फिल्म सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेको थियो । निर्देशक चौहानले भने, ‘हामीले कसैलाई भौतिक रूपमा तिर्ने कुरा केही छैन, तर दर्शकलाई माया तिर्नुपर्ने हो । यही माया साट्न केक काट्यौँ ।’

यो फिल्म नेपालभरका सिनेमा हल मा १०० भन्दा बढी शो तथा अमेरिका, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, युरोप, मध्यपूर्वलगायतका देशहरूमा यसको प्रदर्शन भइरहेको छ । फिल्म मा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरेल लगायतका कलाकारको अभिनय छ ।

अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चा कमाउन सफल यो फिल्मलाई फ्रेन्च निर्देशक एरिक भ्यालीले ‘नेपाली समाज र संस्कृतिको संवेदनशील प्रस्तुति’ भनेका छन् । यस्तै, मनीषा कोइरालादेखि बाबुराम भट्टराईसम्म, राजेश पायल राईदेखि विजय लामा र नाजिर हुसेनसम्मले फिल्मको खुलेर प्रशंसा गरेका छन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link