Home Main Highlight News ‘ऊनको स्वीटर’ले ग्रस कमाई १० करोड नाघ्यो, टिमले मनायो खुशियाली

‘ऊनको स्वीटर’ले ग्रस कमाई १० करोड नाघ्यो, टिमले मनायो खुशियाली

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । दर्शकदेखि समालोचकसम्मको मन जित्न सफल चलचित्र ‘ऊनको स्वीटर’को ग्रस कमाई १० करोड नाघेको छ । प्रदर्शनको चौथो सातामा पनि यो फिल्मको क्रेज उस्तै छ ।

यही खुसीयालीमा चलचित्र निर्माण टिमले मङ्गलबार साँझ काठमाडौंको चाबहिलस्थित एफक्युब सिनेमा हलमा दर्शकसँग केक काटेर उत्सव मनाएको छ । निर्देशक नवीन चौहान, कलाकार विपिन कार्की, एलेक्स पारस, परीक्षा लिम्बु, शारदा देवी सिलवाल, भावना खपाङ्गी मगर, संगीतकार कोविद बज्र, गायक सुजन चापागाईं, गीतकार हर्क साउद, छायाँकार चिन्तन राजभण्डारीलगायतको उपस्थितिमा भएको कार्यक्रममा दर्शक उत्साहित भएका थिए ।

चार तले केकमा फिल्मका पोस्टर तथा फिल्मको लोकप्रिय गीतहरू चित्रहरू सजाइएको थिए । निर्देशक चौहानले यसलाई दर्शकसँग आत्मीयता साटेको बताएका छन् । एफक्युब हललाई गोलाप्रथामार्फत छानिएको थियो, जहाँ हल प्राय: हाउसफुल देखिएको थियो । ‘ऊनको स्वीटर’ हाल नेपालका १०० भन्दा बढी स्क्रिनहरूसँगै अमेरिका, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, युरोप, मध्यपूर्वलगायतका देशहरूमा समेत प्रदर्शन भइरहेको छ ।

विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेल लगायतको अभिनय रहेको चलचित्रले पूर्वी पहाडको जीवनशैली र सामाजिक कथा झल्काएको छ । चलचित्रमा धरणी र फूल पात्रको निश्चल प्रेम र समर्पणलाई देख्न सकिन्छ ।
फन्च निर्देशक एरिक भ्यालीले फिल्मलाई ‘नेपाली समाज र संस्कृतिको संवेदनशील प्रस्तुति’ भनेर खुलेर प्रशंसा गरेका छन् । मनीषा कोइराला, डा. बाबुराम भट्टराई, राजेश पायल राई, विजय लामा, नाजिर हुसेनजस्ता चर्चित हस्तीहरूले पनि यो फिल्मको खुलेर प्रशंसा गरिसकेका छन् ।

@parikalanews

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link