Home ठूलो पर्दा ‘जनै हराएको मान्छे’को ‘आमा’ गीत सार्वजनिक

‘जनै हराएको मान्छे’को ‘आमा’ गीत सार्वजनिक

by Parda Sansar
A+A-
Reset

काठमाडौं । आमा र छोराबीचको भावनात्मक सम्बन्धको कथा बोकेको चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को ‘आमा’ बोलको गीत सार्वजनिक भएको छ । यस गीतले चलचित्रको मुख्य भावलाई प्रस्ट पारेको छ ।

सार्वजनिक गीतमा अर्जुन पोखरेलको शब्द रचना, सङ्गीत र स्वर रहेको छ भने उनलाई गायिका मनीषा सुनारले साथ दिएकी छन् । गीतमा विभिन्न आरोह-अवरोह र लयमा उतारचढाव समायोजन गरिएको छ । गीतको भिडियोमा सिनेमाका मुख्य कलाकारहरू विजय बराल, केकी अधिकारी, मिरुना मगर, शुशांक मैनाली, कविता आलेलगायतको अभिनय देख्न सकिन्छ ।

यो गीतले चलचित्रको मुख्य कथालाई नै बोलेको छ । चलचित्रको मुख्य पात्रले घर छोडेर काठमाडौंमा सङ्घर्ष गर्दा र अनेक हन्डर ठक्कर खाँदाको पीडालाई गीतले मार्मिक ढङ्गले प्रस्तुत गरेको छ । आमाको ऋण तिर्न र उनको आँसु पुछ्न काठमाडौं पसेको छोराले सोचेजस्तो सहज र सरल नभएको सहरको यथार्थ चित्रण गीतमा छ ।

चलचित्रका एसोसिएट निर्देशक मनिष राउतका अनुसार यो गीत आफ्नो बाचाको सफलता कुरिरहेका सम्पूर्ण आमा र आमाको खुसी खोज्न सहर पसेका छोरा-छोरीका लागि समर्पित छ ।

भदौ ६ गते रिलिज हुने यस चलचित्रमा अभिनेता विजय बराल, अभिनेत्री केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली र भोलाराज सापकोटाको मुख्य भूमिका छ ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको यस चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । सह-निर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत, नारायण तिम्सिना र चूडामणि सिवाकोटी रहेका छन् । चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link