युवा व्यवसायी पूर्वेली ढुवानी सेवा प्रा.लिका सञ्चालक निर्मल राज खत्रीले छोरी नाइरा खत्रीको जन्मदिनको अवसरमा दुई वटा सामाजिक संस्थामा रकम सहयोग गर्नु भएको छ ।
उहाँले शनिबार एक संक्षिप्त कार्यक्रमका बिच बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित झारीमा रहेको तारा नमस्ते बालग्राम र मेघबारीमा रहेको सिद्दीविनायक कर्मयोग भवन निर्माणको लागि रकम सहयोग गर्नु भएको हो ।
खत्रीले बालग्राम सञ्चालक समितिका उपाध्यक्ष याम बिमलीलाई ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गर्नु भयो । यस्तै कर्मयोग भवनको लागि निर्मलका बुबा छत्रबहादुर खत्रीको हातबाट संस्थाका प्रतिनिधि पत्रकार पुष्प खड्कालाई १५ हजार रुपैयाँको चेक हस्तान्तरण गर्नु भयो ।
व्यवसायी खत्रीले छोरीको जन्मोत्सवको अवसर पारेर सामाजिक क्षेत्रमा योगदान गर्नुभएको हो । उहाँले आफ्नो जन्मदिनको अवसरमा पनि बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यावसायिक सदस्य राहतकोषमा ५१ हजार रुपैयाँ सहयोग गर्नु भएको थियो ।
बालग्राममा आयोजित रकम सहयोग हस्तान्तरण कार्यक्रममा व्यवसायी खत्रीकी जीवन संगिनी रेनुका लिम्बु (खत्री), सासुआमा दिलकुमारी लिम्बु, व्यवसायी हरिकेशर बस्नेत लगायतको उपस्थिति रहेको थियो ।