Home Main Highlight News ‘सिटामोल’का तीन नयाँ पोस्टर

‘सिटामोल’का तीन नयाँ पोस्टर

by Parda Sansar
A+A-
Reset

काठमाडौं । चलचित्र ‘सिटामोल’का तीन पोस्टर सार्वजनिक गरिएको छ । एकमा सौगात मल्ल, वेनिशा हमाल र बाल कलाकार करण नेपाली भावुक मुहारमा देखिनुभएको छ । अर्काेमा सौगात र वेनिशासहित श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा र लोकेन्द्र लेखक आ-आफ्नो क्यारेक्टर लुक्समा रहनुभएको छ ।

यस्तै अर्कोे पोस्टरमा सौगात मल्ल मात्र हुनुहुन्छ । उहाँ वैशाखीमा निराश भावमा देखिनुभएको छ । साउन २३ गतेको रिलिज डेट फिक्स भएको यो चलचित्रमा भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेललगायत कलाकारको पनि अभिनय रहेको छ । राजबहादुर सानेको निर्देशन रहेको ‘सिटामोल’ले नेपाली समाजमा जरा गाडेर बसेको कुसंस्कारलाई देखाउने बताइएको छ ।

तुल्सी देवी फिल्म प्रालिले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण गरेको यो चलचित्रको कथा प्रदीप भारद्वाज र निर्देशक सानेले लेख्नुभएको हो । सिमोस सुनुवारको प्रस्तुति रहेको चलचित्रमा भूगोलकुमार कार्की र विकाशराज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता रहनुभएको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link