Home Main Highlight News चाैहानकाे जन्मदिनमा : अशक्तलाई आर्थिक सहयोग, बाँदरलाई केरा

चाैहानकाे जन्मदिनमा : अशक्तलाई आर्थिक सहयोग, बाँदरलाई केरा

by Parda Sansar
A+A-
Reset

काठमाडौं । गायिका एलिना चौहानको जन्मदिन शुक्रबार खास रह्यो । यस अवसरमा उनले राजधानीका सडक किनारमा व्यापार गरेर बस्ने विपन्न व्यक्तिलाई आर्थिक सहयोग प्रदान गरिन् ।

जन्मदिन अवसरमै उनले स्वयम्भु क्षेत्रका बाँदरहरूलाई केरा खुवाइन् । सामाजिक संजालबाट उनले आफ्नो जन्मदिन विशेष भएको बताउँदै विपन्नलाई सघाएकोदेखि भोकाएका बाँदरलाई केरा खुवाएका भिडियो सेयर गरेकी छन् ।

‘अब बाँदरको पालो । उत्कृष्ट जन्मदिन भयो है आज चाहिँ’ उनले भिडियो सेयर गर्दै लेखेकी छन् । सडकमा अगरबत्ती बेच्दै हिँडेका दृष्टिविहिन, पोलेको मकै बेच्न बसेकी वृद्धा, पानी र फलफुल बेच्नदेखि भरिया सम्मलाई उनले सघाएकी छन् ।

बर्थडे अवसरमा भिडियो सन्देश जारी गर्दै एलिनाले यसपटक नयाँ शैलीमा जन्मदिन मनाएको बताएकी छन् । ‘अरु बेला म आश्रममा जान्थेँ । यसपटक मैले नयाँ कुरा सोचेकी छु । म कामलाई माया गर्ने मान्छे हो । म गरेरै खान्छु, मागेर खान्न भन्ने मान्छेलाई बाटोमा जहाँ भेट्यो त्यहीँ सहयोग गर्छु’ उनले भनेकी छन् ।

तिम्रो मायाले बाँधेर राख, तिमी नै तिमी, धोकेबाज ३, मिनरल वाटर, कान्छी फिलिली, बोल्दा पनि, एक नजर एलिनाका चर्चित गीत हुन् । कट्टा हान्दिन्छु, के माया लाग्छ र पनि उनका चर्चित गीत हुन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link