Home Main Highlight News निखिल उप्रेतीको ‘आचार्य’मा संजय दत्त वा सुनिल सेट्टीमध्ये एकलाई देख्न पाइने

निखिल उप्रेतीको ‘आचार्य’मा संजय दत्त वा सुनिल सेट्टीमध्ये एकलाई देख्न पाइने

by Parda Sansar
A+A-
Reset

काठमाडौं । दर्शकले निखिल उप्रेतीको आगामी महत्वाकाङ्क्षी फिल्म ‘आचार्य’मा दुईजना बलिउड स्टार संजय दत्त र सुनिल सेट्टीमध्ये एकलाई देख्न पाउने भएका छन् ।

निर्देशक र पटकथा लेखक समेत रहेका निखिलले संजय र सुनिलमध्ये एकलाई दर्शकले ‘क्यामियो रोल’मा देख्न पाउने जानकारी दिए । क्यामियो रोल भएपनि फिल्मको बलियो भूमिकामा यी अभिनेता देखिने उप्रेतीले जनाए ।

 

यो महत्वपूर्ण कास्टिङको लागि उप्रेती अर्को साता मुम्बई जाँदैछन् । कथावस्तुको कारण यो फिल्ममा भारतीय कलाकार पनि प्रशस्तै हुने उनको भनाइ छ । फिल्मको शीर्ष भूमिकामा निखिल स्वयम र पूर्णिका सिजापति देखिँदैछिन् । व्यवसायिक मोडल समेत रहेकी पूर्णिकाले यो फिल्मबाट डेब्यु गर्दैछिन् ।

फिल्मका ९५ प्रतिशत कलाकारलाई साइन् गराइएको निखिलले बताए । ‘कलाकार लगभग सबैजसोलाई साइन गराइसकेका छौं’ उनले भने । उनका अनुसार यो एक्सन फिल्मको छायांकन जुलाईदेखि गर्ने तयारी छ । ‘यो सबै कुरा मौसममा निर्भर हुन्छ’ उनले भने ।

नेपाल र भारतमा छायांकन हुने फिल्मको छायांकन सुरुवात काठमाडौंबाट गर्ने जानकारी निखिलले दिए ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link