Home Main Highlight News शोभित बस्नेत निर्देशित ‘पीआर’को टिजर सार्वजनिक

शोभित बस्नेत निर्देशित ‘पीआर’को टिजर सार्वजनिक

by Parda Sansar
A+A-
Reset

काठमाडौं । शोभित बस्नेत निर्देशित सिनेमा ‘पीआर’को टिजर सार्वजनिक भएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको टिजर सार्वजनिक गरिएको हो । सिनेमाको टिजरमा अष्ट्रेलियामा विद्यार्थीहरुको संघर्ष उनीहरुको दुःख नेपालमा परिवारको पिडा एउटा समसामयिक विषय देखाइएको छ ।

सिनेमामा आरए सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पुजा चौधरी, विमला खत्री, आस्मा अधिकारी, कुशल थापा, गणेश बुढाथोकी, कृष्ण थापा, म्याक्स र नवीन घायलको अभिनय छ । त्यसैगरि विशेष भुमिकामा नीर शाह, गौरी मल्ल, रबिन्द्र खडका, दिक्पाल कार्की, उत्तम केसीले अभिनय गरेका छन् ।

रन्जित शाह (आरएफएम फयासिलिटी मेनेजमेन्ट अष्ट्रेलिया) र सन्तोष तिवारी (लेन वे डम्प्लिङ) सिड्नी प्रस्तुतकर्ता रहेको सिनेमाको कथा निर्देशक शोभित बस्नेतको नै रहेको छ ।

सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भएको सिनेमाको निर्मातामा एवान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा रहेका छन् । सिनेमामा मानस राज र भिम बिसीको संगीत, रामजी लामिछानेको नृत्य, गणेश बुढाथोकीको पटकथा र संवाद, सौरभ सायमी (अस्ट्रेलिया) र सौरभ लामा (नेपाल) छायांकन र बन्दे प्रसादको सम्पादन रहेको छ ।

केवल मान सिंह बस्नेतको निर्माण व्यवस्थापक रहेको सिनेमाको छायांकन अष्ट्रेलियाको विभिन्न सहरमा ६० प्रतिशत र नेपालमा ४० प्रतिशत गरिएको निर्देशक बस्नेतको भनाई छ । निर्माण पक्षका अनुसार यो सिनेमा यो महिनाको अन्तिमबाट अष्ट्रेलिया र न्युजिल्यान्डमा रिलिज हुने सिनेमा दशैंको आसपासमा विश्वव्यापी रुपमा रिलिज गरिने छ ।

मुख्य सहायक निर्देशकमा रामजी राउत, गणेश बुढाथोकी, मणि तामाङ रहेको यो सिनेमालाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।

 

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link