51
काठमाडौं । फिल्म ‘ऊनको स्वीटर’ले शनिबार प्रदर्शनको ५१ दिन मनाएको छ । यस अवसरमा ‘सक्सेस सेलिब्रेसन’ समारोह आयोजना गरियो जहाँ ‘कास्ट एन्ड क्रू’ले केक काटेर खुसी बाँडे ।
मुलुकका ४० भन्दा हलमा फिल्म अहिले पनि प्रदर्शनरत छ । चलचित्र विकास बोर्डका अनुसार फिल्मले अहिलेसम्म देशब्यापी न्यूनतम १० करोड ग्रसभन्दा धेरै कमाइ गरेको छ ।आयोजित समारोहमा विपिन कार्की, मिरुना मगरसहितका कलाकारले दर्शकलाई धन्यवाद दिए ।
निर्देशक नवीन चौहानले सफलताप्रति खुसी व्यक्त गर्दै दर्शक र शुभचिन्तकप्रति आभार प्रकट गरे । उनले यस फिल्मले पाएको मायाले आगामी दिनमा अझ राम्रो काम गर्न प्रेरित गरेको बताए ।