Home Main Highlight News ‘हेरा फेरी ३’ मा पुनरागमन गर्दै परेश रावल

‘हेरा फेरी ३’ मा पुनरागमन गर्दै परेश रावल

by Parda Sansar
A+A-
Reset

एजेन्सी। केही समयअघि ‘क्रिएटिभ भिन्नता’का कारण चर्चित कलाकार परेश रावलले ‘हेरा फेरी ३’ छाडेका थिए, जसले धेरै दर्शकलाई निराश तुल्याएको थियो। तर अब उनले फिल्ममा पुनः अभिनय गर्ने पुष्टि गरेका छन्। उनले भनेका छन्, “म चाहन्छु सबै मिलेर मेहनत गरौं र दर्शकलाई राम्रो काम दिन सकौं।”

हिमांशु मेहताको पोडकास्टमा ‘हेरा फेरी ३’ सम्बन्धी विवादबारे सोधिएको प्रश्नको उत्तर दिँदै परेशले भने, “होइन, खासै ठूलो विवाद केही होइन। मलाई लाग्छ कुनै कुराले जब जनतालाई यति धेरै मन पर्छ भने हामी अझ सजग हुनुपर्छ। हामीमाथि दर्शकहरूको अपेक्षा हुन्छ। दर्शकले हामीलाई यति धेरै माया दिएका छन्, त्यसैले हामीले कुनै पनि कुरालाई हल्का रुपमा लिनु हुँदैन। मेहनत गरेर नै उनीहरूलाई दिनुपर्छ। त्यसैले मेरो धारणा थियो कि सबै मिलेर काम गरौं।”

जब उनलाई सोधियो कि अब उनी फिल्ममा देखिने हुन् कि होइनन्, उनले भने, “पहिले पनि अभिनय गर्नै लागेको थिएँ। तर हामीले आफूलाई अझ सुधार गर्नुपर्थ्यो। अन्त्यमा सबैजना निकै क्रिएटिभ छन् प्रियदर्शन, अक्षय, सुनील ती सबै मेरा वर्षौं पुराना साथीहरू हुन्।”

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link