Home Main Highlight News यही शुक्रवारदेखि सुटिङमा ‘मिरमिरे’

यही शुक्रवारदेखि सुटिङमा ‘मिरमिरे’

by Parda Sansar
A+A-
Reset

दयाहाङ राई र प्रकाश सपूतको पहिलो सहकार्य रहेको फिल्म ‘मिरमिरे’को वर्कसप सुरु भएको छ । निर्देशक यम शेर्पाको निर्देशनमा निर्माण हुन लागेको यस फिल्मका लागि आइतबारदेखि कान्तिपुर फिल्म एकेडेमीमा मुख्य कलाकारहरूको सहभागितामा वर्कसप सुरु गरिएको हो । निर्देशक शेर्पाले वर्कसप सुरु गर्नुको उद्देश्य कथा, पात्र र कलाकारबीचको समझदारीलाई बलियो बनाउँदै छायांकन प्रक्रियालाई सहज बनाउनु रहेको बताए ।

उनका अनुसार, “वर्कसपले छायांकन छिटो र प्रभावकारी ढंगले सम्पन्न गर्न मद्दत पुर्‍याउँछ।” फिल्मको छायांकन यही शुक्रबारदेखि सुरु हुने तय भएको छ भने अधिकांश सुटिङ काभ्रे जिल्लामा हुनेछ । यसमार्फत गायक तथा अभिनेता प्रकाश सपूतले अभिनेता दयाहाङ राईसँग पहिलोपटक स्क्रिन सेयर गर्न लागेका हुन् । यम शेर्पा भने दयाहाङसँग यसअघि आफ्नो पहिलो निर्देशन ‘कार्साङ’मा सहकार्य गरिसकेका छन् ।

दयाहाङ र प्रकाशसँगै अभिनेत्री सिर्जना निङलेखु र अभिनेता माओत्से गुरुङ पनि मुख्य भूमिकामा देखिनेछन् । निर्देशक यम शेर्पाले फिल्मको कथा आफैं लेखेका हुन्, तर हालसम्म कथावस्तुबारे केही खुलाइएको छैन । ‘मिरमिरे’ यार्सा फिल्म्सको प्रस्तुति हो । फिल्मका निर्माता निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा हुन् ।

यो फिल्मको सह-निर्माताको रूपमा गोविन्द बोहरा, सुदिप कुँवर र ईश्वर श्रेष्ठ रहेका छन् । फिल्मका कार्यकारी निर्माता आरआर फिल्मसका सञ्चालक तथा वितरक रोहित कट्टेल रहेका छन् । ‘मिरमिरे’ २०८२ सालमै प्रदर्शनमा ल्याउने तयारी गरिएको छ । फिल्मको वितरणको जिम्मा आरआर फिल्मसले लिएको छ भने प्रदर्शन मिति भने अझै तय गरिएको छैन ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link