Home Main Highlight News नेपाली चलचित्र ‘आमा’को पोस्टर अब हुलाक टिकटमा

नेपाली चलचित्र ‘आमा’को पोस्टर अब हुलाक टिकटमा

by Parda Sansar
A+A-
Reset

काठमाडौं । चलचित्र ‘आमा’को पोस्टर हुलाक टिकटमा अंकित गरिएको छ । सोमबार चलचित्र विकास बोर्डले २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा उक्त घोषणा गरिएको हो ।

‘आमा’ वि.सं. २०२१ असोजमा प्रदर्शन भएको नेपालको पहिलो चलचित्र हो। हिरासिंह खत्रीले निर्देशन गरेको यस चलचित्रमा शिवशंकर खत्री र भुवन चन्दले मुख्य भूमिका निर्वाह गरेका थिए ।

सो चलचित्रबाट नै नेपाली चलचित्र उद्योगको सुरुवात भएको मानिन्छ।

हुलाक सेवा विभागले रु. १० दरका दुईवटा टिकट प्रकाशन गरेको छ। जसमा चलचित्र ‘आमा’का नायक र नायिकाको तस्वीर अंकित छ। टिकटको प्रथम दिवसीय आवरणमा विशेष ढाँचा प्रदान गरिएको छ।

टिकट अनावरण समारोहमा अभिनेत्री भुवन चन्द, चैत्य देवी, बसुन्धरा भुसाल, सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ, बोर्ड अध्यक्ष दिनेश डिसी र हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले संयुक्त रूपमा सहभागिता जनाएका थिए।

हुलाक सेवा विभागकी शाखा अधिकृत चन्द्रा थापाले टिकटको टाचा तयार गरेकी हुन्। महानिर्देशक पंगेनीले भनिन्, ‘यो टिकटले ‘आमा’को ऐतिहासिक महत्वलाई विश्वभर पुर्‍याउनेमा हामी विश्वस्त छौं।’

उनले थपिन्, ‘म पनि एक संगीतकर्मी हुँ, गीत लेख्छु र गाउँछु। त्यसैले यो क्षण मेरो लागि पनि विशेष छ। हामी राष्ट्रिय विभूति र महत्वपूर्ण चिजहरूलाई हुलाक टिकटमा समावेश गर्छौं।’

यो टिकटले नेपाली चलचित्रको प्रवर्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link