काठमाडौँ । तक्मे प्रोडक्सनको ब्यानरमा फिल्म ‘मैझारो’ निर्माण हुने भएको छ। निर्माण पक्षले अभिनेताका रुपमा धीरज मगरलाई अनुबन्धित गर्दै फिल्म निर्माणको घोषणा गरेको हो।
फिल्मको लेखन तथा निर्देशन कलाकार विल्सन विक्रम राईले गर्नेछन्। यो उनको डेब्यु निर्देशन हो। उनले बाल्यकालमै अभिनेता राजेश हमालको फिल्म ‘साथी’मा अभिनय गरेका थिए। त्यस यता राईले दर्जनौं फिल्ममा अभिनय गरेर दर्शकको मन जितिसकेका छन्।
उनी लोकप्रिय टेलिसिरियल ‘मेरी बास्सै’ मार्फत ‘तक्मे बुढा’ नामले चर्चामा आएका थिए। अभिनयका साथै उनी गायक र संगीतकार पनि हुन्।
‘मैझारो’मार्फत उनी अब फिल्म निर्देशनमा होमिन लागेका हुन्। फिल्ममा अन्य कलाकारहरूको नाम छिटै सार्वजनिक गर्ने टिमले जनाएको छ। सौरभ लामाले छायांकन गर्ने भनिएको फिल्म आगामी साउनदेखि सुटिङ सुरू हुनेछ।