195
बिर्तामोड । दुर्गेश थापाको नयाँ गीत युट्युबमा सार्वजनिक भएको छ । दुर्गेश थापा, सिसन बानियाँ र गुराँस नानी फिचर्ड यो गीतमा शब्द, संगीत र एरेन्ज पनि दुर्गेश थापाकै रहेको छ ।
‘जाने भए जाम माया’ बोलको यस गीतमा दुर्गेश थापासँगै सिसन बानियाँ र अल्हाजी गेरोको स्वर रहेको छ । म्युजिक भिडियोमा अल्हाजी गेरो र लासो पेमाले पनि साथ दिएका छन् । सामाजिक सञ्जालबाट सेलिब्रेटीको रुपमा उदाएकी गुराँस नानीलाई स्पेश दिएकोमा दर्शक-श्रोताबाट दुर्गेशलाई सकारात्मक प्रतिक्रिया मिलिरहेको छ ।
असार-साउनको मौसमअनुसार गीतमा वर्षा र खेतीपातीको पृष्ठभूमि बनाएर छायांकन गरिएको छ । मानि प्रधान आर्टडिरेक्टर रहेको गीतलाई हरि हुमागाईँको टिमले छायाँकन गरेको हो भने मिलन विश्वकर्माले गीतलाई सम्पादन गरेका हुन् ।