Home Main Highlight News ‘शिरीषको फूल’बाट नाटकमा डेब्यु गर्दै सनिशा भट्टराई

‘शिरीषको फूल’बाट नाटकमा डेब्यु गर्दै सनिशा भट्टराई

by Parda Sansar
A+A-
Reset

काठमाडौं । पारिजातको चर्चित उपन्यास ‘शिरीषको फूल’मा आधारित रहेर मञ्चन हुन लागेको नाटकबाट ठूलो पर्दाकी चर्चित अभिनेत्री सनिशा भट्टराईले रंगमञ्चमा डेब्यु गर्ने भएकी छन् ।

कान्तिपुर थिएटरले मञ्चन गर्न लागेको नाटकको मुख्य पात्र सकम्बरीको भूमिकामा सनिशाले अभिनय गर्न लागेकी हुन् । उनले यो नाटकको कार्यशाला पनि सुरु गरिसकेकी छन् ।

कान्तिपुर थिएटरका प्रमुख प्रकाश पुरीले सनिशाले यो नाटकबाट थिएटरमा डेब्यु गर्न लागेको जानकारी दिए । ‘पात्रको गहिराइ र अभिनयमा गहनता हुनुपर्ने कलाकार आवश्यक थियो ।

नाटकमा सनिशाले कुनैबेलाका चर्चित फिल्म अभिनेता जीवन लुइँटेलको अपोजिटमा अभिनय गर्नेछिन् । जीवनले यो नाटकमा सुयोगवीर पात्रको भूमिका निर्वाह गर्दैछन् । अमेरिका गएको १० वर्षपछि यो नाटक गर्न जीवन अर्को साता नेपाल आउँदैछन् ।

साउन पहिलो सातादेखि मंचन सुरु हुने नाटकको वर्कसप सुरु भैसकेको छ ।

म्युजिक भिडियोबाट चम्किएकी सनिशाको डेब्यु फिल्म ‘१२ गाउँ’ नेपाली फिल्मको इतिहासमा तेस्रो सर्वाधिक कमाउने फिल्म हो । उनले अभिनय गरेको फिल्म ‘नरसिंहा अवतार’ हालै रिलिज भएको थियो ।

‘हामी रंगीन पर्दा र रंगमंचलाई जोड्न चाहन्छौं’ थिएटर प्रमुख पुरीले भने । उनका अनुसार ‘शिरिषको फूल’ नाटकको अर्को प्रमुख पात्र शिवराजको भूमिकामा राज न्यौपानेले अभिनय गर्दैछन् । कान्तिपुरको पहिलो नाटक ‘मीरा’बाट रेखा थापाले रंगमंचमा डेब्यु गरेकी थिइन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link