194
बिर्तामोड । रोशन अधिकारीको स्वर, शब्द रचना र संगीत रहेको राेमान्टिक गीत ‘शितल शिलत हावा’ युट्युबमा सार्वजनिक भएको छ ।
झापा मेचीनगरको पर्यटकीय क्षेत्र मिनी माउन्टेन, चाराली रिसाेर्ट लगायत स्थानमा छायाँकन भएको गीतमा मिङ्मा तामाङ र रेजिना बनको अभिनय रहेको छ । तिलक रिजालको सिनेम्याटोग्राफी रहेको म्युजिक भिडियोलाई सौरभ तामाङले कोरियोग्राफी र निर्देशन गरेका हुन् ।
प्रेमिल प्रशंसाहरुले भरिएको यो गीत अनुग्रह फिल्म्स ६९ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।