काठमाडौं । चलचित्र विकास बोर्डअन्तर्गत चलचित्र कल्याणकारी कोषबाट आर्थिक सहयोग प्रदान गरिएको छ ।
चलचित्रकर्मीप्रति सम्मान र सहानुभूति प्रकट गर्दै भैरवबहादुर थापालाई १ लाख, डिलबहादुर तामाङलाई ३० हजार, नवीन काजी राईलाई ५० हजार, राजकुमार जोशीलाई बीस हजार र स्व.लक्ष्मी श्रेष्ठलाई उहाँको ज्वाइँ कृष्णबहादुर कार्कीमार्फत पच्चीस हजार रुपैयाँ प्रदान गरिएको हो ।
रकम हस्तान्तरण कार्यक्रममा चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसी, चलचित्र कल्याणकारी कोषकी संयोजक वसुन्धरा भुसाल, चलचित्र कलाकार संघ अध्यक्ष मोहन निरौला, चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामी, चलचित्र प्राविधिक संघ अध्यक्ष पुष्कर लामा, नेपाल द्वन्द्व चलचित्र कलाकार संघ अध्यक्ष नारायण प्रधान लगायतको उपस्थिति रहेको थियो । चलचित्र क्षेत्रका श्रमिक तथा कलाकारहरूको हकहित र आवश्यकतामा निरन्तर साथ रहन कल्याणकारी योजनाहरू ल्याइएको हो ।