153
झापा । कान्तिपुर फिल्म एकाडेमी र अत्रेय प्रोडक्सनको सहकार्यमा पारिजातको उपन्यासमा आधारित नाटक ‘शिरिषको फूल’लाई फराकिलो दर्शकमाझ लैजाने सहमति भएको छ ।
एकाडेमीका प्रमुख कार्यकारी अधिकृत प्रकाश पुरी र अत्रेय प्रोडक्सनका प्रमुख सुदीप अत्रेयबीच यस्तो सहमति भएको हो । नेपाली कला र सिनेमाको प्रबर्द्धनका लागि अमेरिकाको टेक्सासमा रहेर अत्रेय प्रोडक्सनले विशेष योगदान गर्दै आएको छ ।
यो नाटकमा ‘सुयोगवीर’को भूमिकामा अभिनेता जीवन लुइँटेल, ‘सकम्बरी’को भूमिकामा अभिनेत्री सनिशा भट्टराई र ‘शिवारज’को भूमिकामा राज न्यौपाने देखिँदैछन् । नाटक साउन ८ देखि २७ गतेसम्म कान्तिपुर फिल्म एकेडेमी गैह्रीधारामा मञ्चन गरिँदैछ ।