60
काठमाडौं । चलचित्र ‘होस्टेल’को चौथो शृङ्खला पनि आउने भएको छ । ‘होस्टेल अगेन’ टाइटलबाट यो चलचित्र बन्न लागेको हो । निर्माण टिमले यसको थिम पोस्टर पनि सार्वजनिक गरिसकेको छ ।
पोष्टरमा रगत लतपतिएको चक्कु, गुलाबको फूल र आधा च्यातिएको डायरी देख्न सकिन्छ । यसले लभस्टोरी र क्राइमको कथा बोल्ने संकेत गर्दछ । युवा पुस्ताको कथा प्रस्तुत गर्दै आएका निर्देशक सशान कँडेलका अनुसार यो चलचित्रमा पनि ‘थ्रिलर र सस्पेन्स’ रहनेछ ।
चलचित्रमा निर्देशकसँगै लेखक माधव शर्मा, निर्माण कम्पनीहरू सम्मान इन्टरटेन्मेन्ट र आरोन कन फिल्मस् एवं कार्यकारी निर्माता शंकर कोइराला पनि दोहोरिएका छन् । चलचित्रको कलाकार र रिलिज डेट भने फाइनल भएको छैन ।