Home Main Highlight News राष्ट्रियसभा बैठकबाट चलचित्र विधेयक स्वीकृत

राष्ट्रियसभा बैठकबाट चलचित्र विधेयक स्वीकृत

by Parda Sansar
A+A-
Reset

काठमाडौँ- राष्ट्रियसभाको बुधबार बसेको बैठकले ‘चलचित्र विधेयक-२०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ। सो प्रस्तावलाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैठकमा प्रस्तुत गरेका थिए।

यसअघि बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन-२०८१’ का सम्बन्धमा सांसदहरूले छलफलमा उठाएका विषयहरू र सो सम्बन्धमा प्रधानमन्त्रीले जवाफका सिलसिलामा व्यक्त गरेको विचारसमेतका आधारमा उक्त प्रतिवेदनमा समावेश भएको सुझावहरूलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिए।

राष्ट्रियसभाको अर्को बैठक यही साउन २३ गते शुक्रबार बिहान ११ बजेर १५ मिनेटमा बस्नेछ।

हिमालप्रेसबाट

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link