Home Main Highlight News ‘सिटामोल’ काे राताे पछ्याैरी रिलिज

‘सिटामोल’ काे राताे पछ्याैरी रिलिज

by Parda Sansar
A+A-
Reset

काठमाडौँ। फिल्म ‘सिटामोल’ को नयाँ गीत ‘रातो पछ्यौरी’ सार्वजनिक गरिएको छ। साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको यस गीतमा अञ्जना खतिवडा र रवि ओडको स्वर छ भने बाबुल गिरीले शब्द, संगीत र एरेञ्ज गरेका छन्।

गीतमा अभिनेता साैगात मल्ल र अभिनेत्री बेनिशा हमालकाे प्रेमिल भावसहित नेपाली मौलिकता देख्न सकिन्छ ।  यसअघि सार्वजनिक ट्रेलरले समाजमा विद्यमान गरिबी, बेरोजगारी, पारिवारिक झमेलाहरू र सरकारी उदासीनतालाई हास्य र व्यङ्ग्य शैलीमा प्रस्तुत गर्दै दर्शकको राम्रो प्रतिक्रिया पाएको थियो।

राजबहादुर साने निर्देशित फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मालगायत कलाकारको अभिनय छ। फिल्म तुल्सी देवी फिल्म प्रालिको ब्यानरमा जुनतारा फिल्म्सको सहकार्यमा निर्माण भएको हो। कथालेखन प्रदीप भारद्धाज र निर्देशक सानेले संयुक्त रूपमा गरेका हुन्। सिमोस सुनुवारको प्रस्तुति रहेको फिल्मका निर्माता भुगोल कुमार कार्की र विकास राज जोशी हुन्।

फिल्ममा बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, दिव्य सुवेदीको छायांकन, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको डिआई कलर, तथा मुकेश शाहको साउन्ड डिजाइन रहेको छ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link