झापा । चलचित्र ‘हरिबहादुरको जुत्ता’को प्रचार प्रसारलाई तिव्र बनाइएको छ । असोज गते फूलपातिको दिन रिलिज हुन लागेको यस चलचित्रका पोस्टरहरु धमाधम रिलिज गरिँदैछ ।
पछिल्लो पटक सार्वजनिक भएको पोस्टरमा मुख्य कलाकार हरिवंश आचार्य, स्वस्तिमा खड्का र प्रकाश सपूतलाई देख्न सकिन्छ । तिनैजना भिन्न मुडमा छन् । पोस्टरले चलचित्रमा कमेडीसँगै आक्रोश र नम्र स्वभावको मिश्रण रहने कुराको झल्को दिएको छ । हरिबहादुर पात्रको स्वभावसँग त हामी सबै परिचित नै छौँ । थोरै छट्टु यो पात्रले अरुलाई दिनु दु:ख दिन्छ । त्यही कुरालाई झल्काउन प्रकाश सपुतले हरिवंश आचार्यको कान समातिरहेका छन् ।
अब यो जुत्ताको रहस्य के हो भन्ने कुरा चाहिँ विस्तारै खुल्दै जाला । चलचित्रमा प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, कमलमणि नेपाल लगायत कलाकारको अभिनय रहेको छ । यो चलचित्रको निर्देशन दिपेन्द्र के खनालले गरेका हुन् । निर्मातामा सरोज ओली र मोहितवंश आचार्य रहेका छन् ।