Home Main Highlight News नीताको ‘पार्वती’ मा दीपाश्री

नीताको ‘पार्वती’ मा दीपाश्री

by Parda Sansar
A+A-
Reset

काठमाडौं । निर्माणको तयारीमा रहेको नेपाली फिल्म ‘पार्वती’ मा अभिनेत्री दीपाश्री निरौला अनुवन्ध भएकी छिन् । मंगलरवार उनलाई फिल्मको निर्माण टिमले अनुवन्ध गरेको हो । यस फिल्मकी अभिनेत्री तथा निर्देशक निता ढुङ्गाना अधिकारीले दीपाश्रीसँग मौखिक रुपमा कुराकानी हुँदै आएको भएता पनि मंगलवार कागजी सम्झौता गरेको बताईन् ।

नीताले दीपाश्रीलाई अभिनेत्रीको रुपमा अनुवन्ध गरेको बताईन् । फिल्ममा अनुवन्ध भएपछि दीपाश्रीले १२ वर्षअघि नीतासँगको सहकार्यलाई सम्झिइन् ।

नीताले १२ वर्षअघि उहाँले मलाई फिल्ममा सम्झिनु भएको र १२ वर्षपछि मेरो डाइरेक्सनमा दीपाश्रीलाई लिन पाएकोमा खुशी व्यक्त गरिन् । दीपाश्री छक्का पञ्जा टिमकी सफल निर्देशक तथा अभिनेत्री समेत हुन् । उनले निर्देशन गरेका अधिकांश फिल्म सफल भएका छिन् । त्यसकारण पनि यो फिल्ममा उनी अनुवन्धित हुँदा अर्थपूर्ण तरिकाले हेरिएको छ।

दीपाश्री अनुवन्ध हुनु अघि यो फिल्मका लागि डान्स ग्रुप ‘कार्टुन्ज क्रू’ का सरोज अधिकारी सहायक निर्देशकको रूपमा अनुवन्ध भएका थिए । सफल अभिनेत्री तथा निर्देशक नीता ढुंगाना अधिकारीले निर्देशन गर्न लागेको फिल्ममा उनी आफैँ मुख्य भूमिकामा अभिनय गर्दैछिन्।

आगामी असोजदेखि छायांकन प्रारम्भ हुने यो फिल्मको दुई वटा पोस्टर समेत सार्वजनिक भइसकेका छन् । निर्माण टिमले गत शनिबार दुई पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति पनि घोषणा गरिसकेको छ । फिल्म आगामी माघ १ गतेदेखि प्रदर्शनमा आउने छ ।

फिल्ममा नीता, दीपाश्री बाहेक अन्य कलाकारहरूको नाम भने निर्माण टिमले खुलाएको छैन । फिल्मको कथा नीता ढुंगानाले लेखेकी हुन् भने पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका हुन् । छायांकन कविर लाल र शाहिद लालले गर्नेछन् । फिल्ममा सावित्रा अधिकारी, नरहरी अधिकारी र पवन ढुंगानाले लगानी गर्नेछन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link