Home Main Highlight News फिल्म ‘राम नाम सत्य’को प्रदर्शन मिति चैत २७ मा

फिल्म ‘राम नाम सत्य’को प्रदर्शन मिति चैत २७ मा

by Parda Sansar
A+A-
Reset

काठमाडौं । विराज भट्टको शीर्ष भूमिका रहने फिल्म ‘राम नाम सत्य’को प्रदर्शन मिति घोषणा भएको छ । फिल्मले भट्टको पहिलो झलक सार्वजनिक गर्दै नयाँवर्ष २०८३ को छेको अर्थात २७ चैतमा फिल्म ल्याउने जनाएको हो ।

छायांकन आउँदो साता सुरु हुने जनाइएको छ । धार्मिक विधिअनुसार ललितपुरमा विहिबार आयोजित शुभसाइत पूजामा छायांकन सुरु गरियो ।

सार्वजनिक पोस्टरमा भट्ट क्रोधित मुद्रामा प्रस्तुत छन् । फिल्ममा सुशील श्रेष्ठ, आयुषसिंह ठकुरी, सुपुष्पा भट्ट, दिब्या रायमाझी, खुसी कार्की, सुनिल थापा, अर्पण थापा, कनिज कोइराला, रवि गिरी र दिनेश डीसीको अभिनय हुनेछ ।

उपेन्द्र शाही र श्वेता विमलीको निर्माणमा तयार हुन लागेको फिल्ममा किशोर भट्ट र डीआर उपाध्याय कार्यकारी निर्माताको रुपमा छन् । माइकल चन्दको निर्देशन र पटकथा हुनेछ ।

बंगलामुखी मन्दिरमा क्यामेरा पूजा गरेपछि बोल्दै निर्देशक चन्दले ‘राम नाम सत्य’लाई आफ्नो सपनाको फिल्म बताए । उनी बोल्दै गर्दा भावुक सुनिएका थिए ।

अभिनेता भट्टले ‘१२ गाउँ’पछि आफूले यो फिल्ममा काम गर्न लागेको बताउँदै कथावस्तु सशक्त रहेको सुनाए । सुशीलले पनि फिल्मको कथावस्तु उत्कृृष्ट रहेको सुनाउँदै सबैको साथको अपेक्षा रहेको बताए ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link