Home Main Highlight News ‘मेरो जुत्ता खोइ’को गीत दिलको ढोका खोलेर सार्वजनिक

‘मेरो जुत्ता खोइ’को गीत दिलको ढोका खोलेर सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । चलचित्र ‘मेरो जुत्ता खोइ’ को नयाँ गीत ‘दिलको ढोका खोलेर’ सार्वजनिक भएको छ । राजेश पायल राई र मेलिना राईको स्वरमा तयार भएको गीतको भिडियो शुक्रबारलाई रिलिज गरिएको हो ।

बिहेको माहौल देख्न सकिने गीतमा डा. ओमकृष्ण प्रसाईंको शब्द, विकास चौधरीको संगीत र संजय हमालको एरेन्ज रहेको छ भने कोरियोग्राफी कमल राईले गरेका हुन् ।

कुमार केसी निर्देशित यस फिल्ममा सुरवीर पण्डित, रोहन सेन्चुरी, प्रशान्त मुखिया, रचना सिवाकोटी, लानाम डोर्जे लामा, कृष्ण सुवेदी, दीपेन्द्र सुब्बा, तुलसा शर्मा, अचला अधिकारी, अभय अधिकारी, पिटर खवास लगायतको अभिनय रहेको छ । निर्माण पक्षका अनुसार फिल्ममा प्रेम, विवाह र सामाजिक सम्बन्धका कथा रहेको छ ।

अनुग्रह फिल्म्स, बुलाकी इन्टरटेनमेन्ट र मुखिया फिल्म्सको ब्यानरमा बनेको फिल्मको निर्माण दर्पण क्षेत्रीले गरेका हुन् भने प्रस्तुतकर्ता अभय अधिकारी हुन् । निर्मातामा प्रितम मुखिया र अभय अधिकारी छन् । यस फिल्मको कार्यकारी निर्माता रोहन सेन्चुरी (डम्बर बहादुर विश्वकर्मा) हुन् ।

 

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link