Home Main Highlight News ‘३६ को आँकडा’को पोस्टरमा दुई अभिनेत्रीबीच टक्कर

‘३६ को आँकडा’को पोस्टरमा दुई अभिनेत्रीबीच टक्कर

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । अभिनेत्री रेखा थापाको होम प्रोडक्सन रेखा फिल्म्स एन्ड काइट इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको ‘३६को आँकडा’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ ।

कृष्णजन्माष्टमीको अवसरमा पारेर काठमाडौंको पशुपतिनाथ मन्दिरमा शुभमुहूर्त गर्दै फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरमा मुख्य भूमिकामा रहेका रेखा थापा र पूजा शर्मालाई देख्न सकिन्छ । पुलिस अफिसरको भूमिकामा रेखा र रगतले लतपतिएको हातसहित पूजालाई हत्कडीमा देख्न सकिन्छ ।

दुई महिला पात्रबीचको द्वन्द्वलाई सिनेमाको केन्द्रमा राखिएको अनुमान गर्न सकिन्छ । जुन सम्भवत: नेपाली सिनेमा इतिहासमै पहिलोपटक हो । सिनेमा फ्लोरमा जानु अघिनै सार्वजनिक गरिएको यो फर्स्टलुक पोस्टरले दर्शकमा कौतुहलता जगाएको छ ।

सबिर श्रेष्ठको निर्देशनमा बन्ने यो सिनेमा आगामी सोमबारबाट फ्लोरमा जानेछ । निर्माण पक्षले पोस्टरमा अन्य कलाकार र प्राविधिक टिमबारे जानकारी दिएको छैन । सुटिङपछि ती विवरण सार्वजनिक गर्ने तयारीमा रहेको बताइएको छ ।

सिनेमामा रेखासँग पछिल्लो समय अभिनयका लागि चर्चित महेश त्रिपाठीको जोडी बाँधिनेछ भने पूजासँग पुष्प खड्काको जोडी देखिनेछ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link