Home Main Highlight News बलिदानको टिजरमा योद्धाको रुपमा समीर

बलिदानको टिजरमा योद्धाको रुपमा समीर

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र ‘बलिदान’को टिजर शनिबार सार्वजनिक भएको छ । सन्तोष सेनको निर्देशनमा बनेको ‘बलिदान’को झन्डै २ मिनेटको टिजरले अन्याय, क्रोध र देशभक्तिलाई प्रस्तुत गरेको छ ।

यही असोज १३ गते दसैँको अवसर पारेर रिलिज हुन लागेको यस चलचित्रको टिजरको सुरुवात नै देश बैरीहरूको निशानामा परेको कुराबाट सुरु हुन्छ । पृष्ठभूमिमा अभिनेता सौगात मल्ल, हेमन्त बुढाथोकी, ऋचा शर्मा र एक्सन स्टार समीर भट्टको दमदार आवाज गुञ्जिन्छ ।

दृश्यमा बुढाथोकी राजसी पहिरनमा देखिन्छन् भने अर्पण थापा राजनेताको भूमिकामा छन् । ऋचा शर्माको संवादले निर्दोषहरुको पीडा बोलेको छ । त्यसैले उनी काली माताको पुकारा गरिरहेकी छन् । टिजरमा जङ्गलमा बसोबास गर्ने आदिवासीहरूको दृश्य देखिन्छ, जहाँ निर्देशक सन्तोष सेन स्वयं आदिवासी पात्रको रूपमा देखिएका छन् ।

“यो आमाले छोरा मात्र होइन, योद्धा पनि जन्माएको छ” भन्ने डायलगसहित समीर भट्टको इन्ट्री सशक्त देखिएको छ । टिजर सार्वजनिक गर्दै चलचित्रका निर्देशक सन्तोष सेनले ‘बलिदान’ केवल चलचित्र नभई हरेक नेपालीको मनको विद्रोहको प्रतीक रहेको बताएका छन् । उनले भने, “तीन वर्षको रगत पसिना, माटोको सुगन्ध र किनारिएका आवाजको पीडाबाट जन्मिएको ‘बलिदान’ अब केवल चलचित्र होइन, यो न्यायको विस्फोट हो ।”

आसुसेन फिल्म्स प्रा.लि.को ब्यानरमा बनेको चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारको अभिनय रहेको छ । चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट, कार्यकारी निर्माता प्रेम पुरी हुन् ।

 

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link