बिर्तामोड । चलचित्र ‘हरिबहादुरको जुत्ता’ को पहिलो गीत सार्वजनिक भएको छ । प्रकाश सपुत र समीक्षा अधिकारीको स्वरमा रहेको ‘बेला बितेसी’ बोलको गीतमा प्रकाश सपुत र स्वस्तिमा खड्काको जोडीको प्रेम भाव देख्न सकिन्छ ।
लोकभाका बोल्ने गीतमा प्रकाश सपुतकै शब्द, संगीत र श्याम स्वेत रसाइलीको मिक्सिङ्ग/मास्टरिङ रहेको छ । मौसम हिमालीको कोरियोग्राफी रहेको गीतमा पवन सुस्लिङको सिनेमाटोग्राफी रहेको छ ।
दिपेन्द्र के खनाल निर्देशित ‘हरिबहादुरको जुत्ता’मा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमा दशैँको फूलपाति अर्थात् असोज १३ गतेबाट प्रदर्शनमा आउँदैछ ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको यस चलचित्रलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन् ।