33
काठमाडौं । सर्वकालिन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’ फेम्ड निर्देशक सरोज पौडेलको आगामी फिल्म ‘कोशेढुंगा’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ ।
३ मिनेट ४३ सेकेन्डको ट्रेलरले कथावस्तु, चरित्र चित्रण र मनोविज्ञानबारे खुलासा गर्ने प्रयत्न गरेको छ । ट्रेलर हेर्दा फिल्मको कथावस्तु पारिवारिक सम्बन्ध, उल्झन, दाम्पत्य जीवनका अँध्यारा–उज्याला आयामको कथावस्तुमा बनेको बुझ्न सकिन्छ ।
ग्रामीण परिवेशमा छायांकन गरिएको फिल्मको ट्रेलरमा शीर्ष कलाकार सुरक्षा पन्त, आर्यन सिग्देल, प्रवीण खतिवडा, ऋचा शर्मा, नीति शाह, मञ्जिलकुमार, सरोज खनाल लगायत चित्रण छन् ।
निर्देशक पौडेलकै पटकथा रहेको फिल्मलाई प्रबिल कँडेल र किशोर अनुरागले निर्माण गरेका हुन् । दिनेश खड्का कार्यकारी निर्माताको रुपमा छन् ।