Home Main Highlight News ‘बल्छी धुर्बे’काे निर्देशकीय डेब्यू फिल्म ‘गोबर गणेश’को छायांकन

‘बल्छी धुर्बे’काे निर्देशकीय डेब्यू फिल्म ‘गोबर गणेश’को छायांकन

by Parda Sansar
A+A-
Reset

काठमाडौं । हाँस्यकलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले आफ्नो निर्देशकीय डेब्यू फिल्म ‘गोबर गणेश’को छायांकन थालेका छन् । ‘आजबाट हामीले छायांकन सुरु गरेका छौँ । हाम्रो कला र सीपले भ्याए र जानेसम्म राम्रो काम गर्ने प्रयास गर्नेछौँ’ निर्देशक श्रेष्ठले भने, ‘हामीलाई सानो पर्दामा जसरी दर्शकले साथ र माया दिनुभयो, त्यस्तै माया र साथ ठूलो पर्दाका दर्शकले पनि गरिदिनु हुनेछ भन्ने हाम्रो विश्वास छ ।’

छायांकनअघि सामाखुसीको म्हेपी मन्दिरमा शुभसाइत पूजा गरियो । सो अवसरमा कलाकार केदार घिमिरे ’माग्ने बुढा’ले नरिवल फोडे र रवि गिरीले कल्याप हानेर शुभसाइतको जनाऊ दिए ।

यो फिल्म १ माघदेखि प्रदर्शन हुने अपेक्षा गरिएको छ । टिभी श्रृंखला ‘मेरी बास्सै’बाट दर्शकमाझ लोकप्रिय बनेका उनी पछिल्लो समय ‘हल्का रमाइलो’ र ‘जुठे’जस्ता श्रृंखलामा ब्यस्त थिए ।

बल्छी धुर्बे फिल्मस्को प्रस्तुतिमा निर्माण हुन लागेको फिल्मको अभिनेत्रीमा वर्षा सिवाकोटी छिन् । अन्य कलाकारमा बल्छी धुर्बेसहित विनोद न्यौपाने, पदम तामाङ, विल्सनविक्रम राई, माओत्से गुरुङ र सीतादेवी तिमल्सिना लगायत कलाकारहरुकाे अभिनय रहेकाे छ ।

टौवा स्टुडियो पब्लिसिटी डिजाइन रहने फिल्मको डिजिटल पार्टनरमा ओएसआर डिजिटल छ । वितरण श्री ब्यांकटेस इन्टरटेनमेन्टले गर्नेछ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link