36
बिर्तामोड । चलचित्र ‘आबाट आमा’ मा कलाकारको रुपमा चर्चित कथा वाचक साइग्रेस पोखरेलको इन्ट्री भएको छ । यससँगै यस चलचित्रको कलाकारहरूको लाइनअप पूरा भएको छ ।
चन्द्र पन्तको निर्देशन, कथा र पटकथामा बन्ने यो चलचित्र भदौ १२ गतेदेखि छायाङ्कनमा जाने तयारीमा छ । यही कारण निर्माण पक्षले कलाकार र प्राविधिक टिमलाई अन्तिम रूप दिइरहेको थियो । साइग्रेस अनुबन्ध हुनु केही दिनअघि मात्रै यस चलचित्रमा मोडल तथा अभिनेत्री उषा उप्रेतीलाई पनि अनुबन्ध गरिएको थियो ।
अब ‘आ बाट आमा’ मा साइग्रेस र उषाका साथमा पल शाह, अभिनेत्री विपना थापा र दक्षिण भारतीय चर्चित अभिनेता प्रदीप रावत लगायतको अभिनय देख्न पाइनेछ ।
कृष्ण प्रसाद सुवेदीले निर्माण गरिरहेको यस फिल्ममा ध्रुव न्यौपाने र प्रकाश कुँवर पनि निर्माताको रूपमा जोडिएका छन् ।