Home Main Highlight News युट्युबमा सौगात मल्ल, बुद्दि तामाङ र दीयाको चलचित्र ‘मन्त्र’

युट्युबमा सौगात मल्ल, बुद्दि तामाङ र दीयाको चलचित्र ‘मन्त्र’

by Parda Sansar
A+A-
Reset

काठमाडौं । खिल बहादुर गुरुङको निर्देशनमा बनेको नेपाली चलचित्र ‘मन्त्र’ हरितालिका तीजको अवसर पारेर युट्युबमा सार्वजनिक गरिएको छ । खिल बहादुर गुरुङले निर्देशन गरेको चलचित्र ‘रिमै’ यहि भदौ २० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ। ‘मन्त्र’ ले हलमा राम्रो ब्यापार गर्न नसके पनि समिक्षक र हेर्ने जति दर्शकबाट उत्कृस्ट प्रतिक्रिया पाएको थियो ।

सौगात मल्ल,बुद्दि तामाङ र दीया पुनको मुख्य भूमिका रहेको यस चलचित्रको कथा मनास्लु क्षेत्र आसपासमा केन्द्रित छ। केटी भगाएर (छोपेर) लैजाने त्यहाँको स्थानीय संस्कृतिलाई चलचित्रमा प्रस्तुत गरिएको छ । चलचित्रमा नमिता घिसिङ, वीरबहादुर लामा, पासाङ टी शेर्पा लगायतका कलाकारको दमदार अभिनय समेटिएको छ ।

चलचित्रको पटकथा साम्तेन भुटिया, सुनिल नेउरे र परिच्छेद सेनले लेखेका हुन्। रविराज कार्की, सुरेश कार्की र शुभ श्रेष्ठको संयुक्त लगानीमा बनेको ‘मन्त्र’ का कार्यकारी निर्माता देवेन्द्र मानन्धर हुन्। सञ्जय लामाको छायांकन रहेको चलचित्रमा मित्र डि.गुरुङको सम्पादन छ । चलचित्र ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link