Home Main Highlight News ‘जेरी अन टप’को टिजरमा लभ ट्रयाङ्गल र एड्भेन्चर

‘जेरी अन टप’को टिजरमा लभ ट्रयाङ्गल र एड्भेन्चर

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । तिहारको अवसर पारेर असोज ३१ बाट रिलिज हुने तयारीमा रहेको चलचित्र ‘जेरी अन टप’को टिजर सार्वजनिक भएको छ । अनमोल केसी, जसिता गुरुङ, आँचल शर्मा, केदार घिमिरे स्टारर यो चलचित्र अनन्या फिल्म्स प्रोडक्सनको ब्यानरमा बनेको हो ।

टिजरमा सगरमाथा चढ्दाको यात्रा र संघर्षको झलक देख्न सकिन्छ । सरोज न्यौपानेको प्रस्तुति रहेको चलचित्रको यस टिजरमा अनमोल, आँचल र जसिताको लभ ट्रयाङ्गल हुन सक्ने अनुमान लगाउन सकिन्छ ।

सुयोग गुरुङ निर्देशित यो फिल्मको झण्डै २ मिनेटको टिजरमा शिशिर वाङ्देलको न्यारेसनसँगै इमोसनल र एड्भेन्चर सिनहरु देख्न सकिन्छ । टिजरमा भुवन केसी र उषा खड्गी पनि रहेका छन् । टिजरको प्रोडक्सन भ्यालु आकर्षक र ‘लार्जर देन लाइफ’ देखिन्छ ।

भविष्य खड्का, रोविन शेरचन, रामकृष्ण श्रेष्ठ, दीपक भण्डारी, अनन्या न्यौपाने निर्माता रहेको फिल्ममा पटकथा हेमराज बीसीको रहेको छ । यो फिल्मलाई रोमान्टिक ड्रामा जनरामा राखिएको छ । फिल्मको छायांकन सगरमाथा क्षेत्र, मुस्ताङ र काठमाडौंमा गरिएको छ ।

 

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link