Home Main Highlight News हरिबहादुरको जुत्ताको टिजर सार्वजनिक, यस्तो देखिए हरिबहादुर

हरिबहादुरको जुत्ताको टिजर सार्वजनिक, यस्तो देखिए हरिबहादुर

by Parda Sansar
A+A-
Reset

काठमाडौँ । दसैँमा प्रदर्शनमा आउने चलचित्र ‘हरिबहादुरको जुत्ता’को बुधबार टिजर सार्वजनिक गरिएको छ । हाँसो, आँसु र करुणासहित सबै भावनालाई समेटेको टिजरले नेपाली दर्शकलाई टेलिभिजन सिरियलमा चर्चित बनेको हरिबहादुर पात्र सम्झाएको छ ।

सिरियलमा चोर र ठगको परिचय बनाएको हरिबहादुर,जसले अरूलाई मात्रै रुवाउँथ्यो, चलचित्रमा आइपुग्दा भने आफू पनि रोएको देख्न सकिन्छ ।  निर्देशक दीपेन्द्र के. खनालले यसपटक हरिबहादुरलाई केवल हास्यमै सीमित नराखी भावुक र कारुणिक पात्रका रूपमा पनि देखाउन खोजेको आभाष टिजरले दिन्छ ।

असोज १३ गतेबाट प्रदर्शनमा आउने फिल्ममा हरिबहादुर (हरिवंश आचार्यको पात्र) केन्द्रमा रहेपनि अन्य चर्चित कलाकारहरूको अभिनय पनि देख्न सकिन्छ । टिजरमा प्रियङ्का कार्की प्रहरीको भूमिकामा देखिएकी छिन् भने स्वस्तिमा खड्का, प्रकाश सपुत, दिव्य देव, हरिहर शर्मा, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायत कलाकारहरूको अभिनय पनि समावेश छ ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन् । चलचित्रका छायाङ्कन कृष्ण बहादुर थापा, सम्पादन नकुल खड्काले गरेका छन्। सङ्गीतमा वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुत छन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link