Home Main Highlight News सुरक्षाको ‘धागो’ कार्तिक २८ गते नेपाल भारतमा एकसाथ प्रदर्शन गरिने

सुरक्षाको ‘धागो’ कार्तिक २८ गते नेपाल भारतमा एकसाथ प्रदर्शन गरिने

by Parda Sansar
A+A-
Reset

झापा । अभिनेत्री सुरक्षा पन्तको प्रमुख अभिनय रहेको नेपाली फिल्म ‘धागो’ आउँदो कार्तिक २८ गते (नोभेम्बर १४) नेपाल र भारतका हलमा एकसाथ रिलिज हुने भएको छ । शुक्रवार पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले फिल्मले परिवार, सिमाना र नटुट्ने सम्बन्धको कथा प्रस्तुत गर्ने सन्देश दिएको छ।

यस फिल्मलाई उदिप राणा थापाले निर्देशन गरेका हुन् । पोस्टर र रिलिज मिति सार्वजनिक गर्दै निर्देशक उदिपले ’धागो’ आफ्ना मान्छेहरूको कथा रहेको बताए। उनले भने, “मेरो सफलताको श्रेय मेरा आमाबुवाको त्याग र डुवर्सका जनताको आशीर्वादलाई जान्छ। ‘धागो’ मेरो माटो र मेरो मान्छेहरूको कथा हो। यसमार्फत मैले हाम्रो समाजका अनगिन्ती धागोहरूलाई जोड्ने प्रयास गरेको छु ।

Public Review Koshedhunga | Parda Sansar – Ekraj Pradhan #nepalimovie

यस चलचित्रले नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको जीवन, उनीहरूको आपसी भावनात्मक सम्बन्ध र सांस्कृतिक धागोलाई केन्द्रमा राखेको निर्माण पक्षले जनाएको छ। चलचित्रमा सुरक्षा पन्तसँगै भारतको वेस्ट बङ्गाल डुवर्सका प्रभात थापा र मिस दार्जिलिङ तथा मिस नर्थ इस्ट भारत विजेता सुरभि थापा प्रमुख भूमिकामा देखिनेछन्। यसका अतिरिक्त बुद्धि तामाङ, सुनिल थापा, रबिन सान्संकर, दीप छेत्री, प्रज्ञा थापा, बाबु प्रधान, सेवन विश्वकर्मा, राजीव भुसाल, आइशा तामाङ, पप्पु विश्वकर्मा लगायतका कलाकारहरूले अभिनय गरेका छन्। विशेष आकर्षणका रूपमा अभिनेत्री वर्षा राउतले केमियो भूमिका निर्वाह गरेकी छन्।

Life in village l Gaugharma yastai hunxa ki hamro tira matra ho 😆 l Dhanbari ma Bauni Saag l

फिल्मका छायाङ्कन निर्देशक बलिउडका अनिकेर एम. घोघले हुन् । चलचित्रका सङ्गीतकार तथा गीतकार चर्चित गायक पुष्पन प्रधान हुन्। चलचित्रको शीर्ष गीतलाई भने मन्चारी र रजिन सान्संकरले कम्पोज गरेका छन्।

’धागो’ चलचित्रलाई फिल्म म्याग्नेट इन्टरटेन्मेन्ट इन्डियाले निर्माण गरेको हो। यसको निर्मातामा उमा थापा, उत्तम थापा र उदिप थापा रहेका छन् भने सह–निर्मातामा प्रभात थापा, समीर तामाङ र राजेश क्षेत्री छन् ।

’धागो’को डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ। नेपालमा यस चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्ने यस चलचित्रले सीमामा बाँधिएका नेपालीहरूको जीवन र भावनात्मक धागोलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link