झापा । फिल्म ‘मालती मंगले’ छायांकन सुरु भएको छ। कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा शुभ मुहूर्तसँगै फिल्मको छायांकन सुरु गरिएको हो।
फिल्मको निरन्तर छायांकन शनिबारदेखि सुरु गर्ने कार्यकारी निर्माता सागर ज्ञवालीले बताए। उनका अनुसार फिल्म तनहुँ र स्याङ्जाका सुन्दर भूभागमा छायांकन गरिनेछ।
Scoop for Jhilko ll Jhilko movie review ll Nepali Film review ll @pardasansar
फिल्म गायक रामकृष्ण ढकालले निर्माण गर्न लागेको हुन्। फिल्ममा विजय बराल र वर्षा शिवाकोटीको मुख्य अभिनय रहनेछ। साथै फिल्ममा मेक्सम गौडेल, सुवर्ण थापा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पंगेनी, सुस्मिता गुरुङ, सागर भट्टर्रालगायत कलाकारको अभिनय रहनेछ।
Koshedhunga Review | Parda Sansar – Ekraj Pradhan #nepalimovie