Home ठूलो पर्दा फिल्म ‘स्त्री’ को गणेशस्थान मन्दिरमा शुभ मुहूर्त

फिल्म ‘स्त्री’ को गणेशस्थान मन्दिरमा शुभ मुहूर्त

by Parda Sansar
A+A-
Reset

झापा ।  फिल्म ‘स्त्री’ को शुभ मुहूर्त गरिएको छ। निर्माण टिमले ऋषि पञ्चमीको दिन कमलादीस्थित गणेशस्थान मन्दिरमा क्यामेरा पूजासहित फिल्मको शुभ साइत गरेका हुन् ।

जीवन शाहीको लेखन तथा निर्देशनमा बन्ने फिल्म यहि भदौ १४ देखि छायांकन सुरु गरिने निर्देशक शाहीले बताए। उनका अनुसार फिल्म काठमाडौँमै ३५ दिनमा छायांकन गर्ने तालिका  छ ।

मेला रेकर्डिङ्ग स्टुडियोको ब्यानरमा बन्ने फिल्मका निर्माता समीर राई र डाक्टर सुकदेव बिस्ट हुन्। सामाजिक कथामा बन्ने फिल्ममा प्रमोद अग्रहरि, सलोन बस्नेत, रिस्ता बस्नेत र नम्रता श्रेष्ठको प्रमुख भूमिका रहनेछ। बाल कलाकारमा दिप्सन चिलवाल र दिपेन्द्र चिलवलको अभिनय रहनेछन्।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link