Home Main Highlight News निर्देशक दिनेश राउतले लभस्टोरी फिल्म ‘कुमारी’ निर्देशन गर्ने

निर्देशक दिनेश राउतले लभस्टोरी फिल्म ‘कुमारी’ निर्देशन गर्ने

by Parda Sansar
A+A-
Reset

झापा। निर्देशक दिनेश राउतले आगामी फिचर फिल्म ‘कुमारी’को घोषणा गरेका छन् । शुक्रबार बेलुका सामाजिक संजालबाट उनले नवौं निर्देशकीय प्रोजेक्टको पोस्टर सार्वजनिक गरे ।

प्रेमकथामा आधारित हुने फिल्मको पोस्टरमा दुई नयाँ अनुहारलाई देख्न सकिन्छ । दुई डेब्यू कलाकार अभिषेक खड्का र आकृति राजभण्डारीलाई रोमान्टिक भावमा पोस्टरमा देख्न सकिन्छ ।

Lakhe Dance Gauradaha Nagar Samiti | Kaman Limbu Vlog l

राउतको निर्देशकीय करिअर पनि लभस्टोरी फिल्म ‘आइएम सरी’बाट सुरु भएको थियो । यसअघि आठ फिल्म निर्देशन गरेका राउत नवौं फिल्मसम्म आइपुग्दा मूल जनरामा फर्किएका छन् । उनको पछिल्लो लभस्टोरी फिल्म ‘क्लासिक’ सन् २०१६ मा रिलिज भएको थियो । एक हिसाबले लभस्टोरी जनरामा राउतको यो निर्देशकीय पुनरागमन हो ।

यसबीच उनले प्रसाद, प्रकाश, पूजार सार्की र महाभोजजस्ता सामाजिक यथार्थवादी कथावस्तुका फिल्म निर्देशन गरे । ‘कुमारी’मा उनले ‘प्रकाश’ निर्माता महेन्द्र अधिकारीसँग दोस्रोपटक सहकार्य गर्दैछन् ।

Koshedhunga Review | Parda Sansar – Ekraj Pradhan #nepalimovie

आगामी लभस्टोरीको घोषणा गर्दै राउतले लेखेका छन्, ‘तपाईँहरूको अमूल्य सल्लाह र सुझावलाई शिरोपर गर्दै, म लामो समयपछि पुनः प्रेमकथामा आधारित चलचित्र निर्देशनमा फर्किएको छु । मेरो नयाँ चलचित्र ‘कुमारी’को आधिकारिक पोस्टर सार्वजनिक भएको छ । कस्तो लाग्यो ? तपाईंहरूको सल्लाह, सुझाव, प्रतिक्रिया साथै निरन्तर साथ, माया र आशीर्वादको अपेक्षामा छु ।’

शुक्रबार यो फिल्मलाई टुँडिखेलमा आयोजित समारोहमा औपचारिकरुपमा घोषणा गरिएको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link