झापा। चलचित्र ‘शिवांश : च्याप्टर–१’ को प्रदर्शन मिति सार्वजनिक भएको छ। पोस्टर सार्वजनिक गर्दै चलचित्र आगामी कात्तिक २७ गते देशभरका सिनेमा हलहरूमा रिलिज हुने जानकारी दिएको छ।
पोस्टरमा कैलाश पर्वतको पृष्ठभूमिमा जटाधारी शिवलाई देखाइएको छ, जसले पर्वत चढिरहेका छन्। साथै, शिवको वाहन मानिने साँढेको निधारमा त्रिशूलको चिह्न अङ्कित छ। यसको अर्थ र चलचित्रसँग यसको के सम्बन्ध छ भन्नेबारे भने अहिले कुनै जानकारी दिइएको छैन।
LAKHE DANCE | झापामा पहिलो पटक गाईजात्रा उत्सव l Kaman Limbu Vlog l
अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहेको फिल्मको निर्देशक सन्तोष कुमार आत्रेय हुन् । उनको यो डेब्यु निर्देशकीय फिल्म हो । निर्मातामा अञ्जान केसी छन् । प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाको मुख्य भूमिका रहेको ‘शिवांश : च्याप्टर–१’ मा विकास जोशी, विमला लिम्बू, प्रदीपकुमार चौधरी, सबिर चुरौटे, उदयकुमार सुब्बा, टीका निरौलालगायत कलाकारको पनि अभिनय रहेको छ ।
Koshedhunga Review | Parda Sansar – Ekraj Pradhan #nepalimovie – YouTube
मिलन श्रेष्ठको द्वन्द्व निर्देशन, विक्रम चोहानको कोरियोग्राफी रहेको फिल्ममा विराज खड्का भीएफएक्स डाइरेक्टर तथा सुपरभाइजर, भीएफएक्स प्रोडुसरका रुपमा आदेश सुब्बा (गुडरेज पिक्चर्स) छन् ।
चलचित्रमा सरद महतोको छायाङ्कन (डीओपी) रहेको छ। गीतमा विप्लव प्रतीक र राजनराज सिवाकोटीको शब्द रहेको छ भने न्ह्यू बज्राचार्य र राजनराज सिवाकोटीले सङ्गीत दिएका छन्। राजनराज सिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीले गीतमा स्वर दिएका छन्।