Home Main Highlight News लुना लुइँटेल बनिन् यस वर्षको मिस नेपाल

लुना लुइँटेल बनिन् यस वर्षको मिस नेपाल

by Parda Sansar
A+A-
Reset

काठमाडौँ ।  लुना लुइँटेल यस वर्षको मिस नेपाल वर्ल्ड बनेकी छन् । शनिबार ललितपुरको गोदावरीमा सम्पन्न ग्राण्ड फिनालेमा अन्य २५ प्रतिस्पर्धीलाई पछि पार्दै उनी मिस नेपालको टाइटल जित्न सफल भएकी हुन् ।

उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिएकी थिइन्। यस्तै,  मिस अर्थ सोनी घले भइन् भने मिस नेपाल इन्टरनेसनको ताज उरूशा भण्डारीले जितिन्। यस्तै दिपशिखा नेपाल फस्ट रनरअप बनिन् । सो अवसरमा निर्णायक मण्डलले अन्य टाइटल विजेताहरूको नाम पनि सार्वजनिक गर्यो ।

मिस कन्फिडेन्ट – प्रगिका क्षेत्री, मिस टाइमलेस एलिगेन्स – उरुशा भण्डारी, मिस हेल्दी स्किन – आरती थापा, मिस ग्रीन भिजनरी – जगदिश्वरी शाह, मिस प्रिस्टिन – प्रियंका थापा, मिस पपुलर च्वाइस – उरुशा भण्डारी,  मिस ब्यूटिफुल हेयर – स्वेच्छा थापा, मिस एम्पावर्ड च्वाइस– दीपशिखा , नेपाल र फेस अफ द इयर  – स्मृति श्रेष्ठ घोषित भए ।

हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३१ औं संस्करणमा सहभागी प्रतियोगीहरूले आफ्नो प्रतिभा, आत्मविश्वास र सौन्दर्य प्रस्तुत गरेका थिए। विजेताहरुलाई आयोजक तथा निर्णायक मण्डलका सदस्यहरूले ताज र प्रमाणपत्र प्रदान गरेका थिए ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link