Home Main Highlight News यश कुमारको नयाँ गीत ‘हल्का हल्का’

यश कुमारको नयाँ गीत ‘हल्का हल्का’

by Parda Sansar
A+A-
Reset

बिर्तामोड ।  गायक यश कुमारको नयाँ गीत ‘हल्का हल्का’को भिडियो सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच म्युजिकल फिल्मको रुपमा तयार पारिएको यो गीतको भिडियो रिलिज गरिएको हो । यो गीतको भिडियो सार्वजनिक कार्यक्रममा फिल्म निर्देशक तुलसी घिमिरे प्रमुख अतिथिको रुपमा सहभागी भएका थिए ।

निर्देशक घिमिरेले आफु गायक यश कुमारको काम गर्ने तरिकाबाट प्रभावित भएको बताए । ‘म पनि धेरै समयपछि नेपाली फिल्मको निर्देशनमा कमव्याक गर्दैछु । त्यसका लागि पनि मैले आजको कार्यक्रममा सहभागी भएर धेरै कुरा सिक्ने अवसर पाएको अनुभव सुनाए । यो गीतकी गायिका स्मिता दार्जिलिङको कालिङपोङ्गबाट काठमाडौं आएर गायनमा जमेको देख्दा खुशी लाग्यो । उहाँको भविष्य उज्वल देखेको छु’, निर्देशक घिमिरेले भने ।

गायक यश कुमारको शब्द रचना तथा संगीत रहेको गीतको एरेञ्ज र मिक्सिङ्ग देवेस राईले गरेका हुन् । यो गीतको भिडियाेमा पनि यश र स्मिताले नै मुख्य भूमिकामा अभिनय गरेका छन् । उनीहरुसँगै राजेश घतानी, दिपेन्द्र सोनम, सुगत करनजीत, तुलसा लिम्बु र सुदीप सोनमको अभिनय रहेको छ । यसको निर्देशन यश कुमारले नै गरेका हुन् ।

डिओपी हरि हुँमागाईले खिचेको गीतको भिडियोमा विकास धमालाको सम्पादन तथा कलर, मेकअप तुलसा लिम्बुको रहेको छ । गीतको भिडियो यश कुमारले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link