Home गीत/संगीत ‘जारी २’ को ‘अम्लारी’ गीत सार्वजनिक

‘जारी २’ को ‘अम्लारी’ गीत सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । यही असोज ३ गतेबाट प्रदर्शनमा आउन लागेको उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी २, सङ अफ च्याब्रुङ’को नयाँ गीत अम्लारी बोलको  सार्वजनिकभएकाे छ ।

फिल्मलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन्। फिल्ममा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका रहेको छ।

फिल्ममा दया, मिरुना तथा विजयका अलावा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ।

बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्म यो वर्ष व्यापार गर्ने फिल्मको श्रेणीमा राखिएको छ।

‘जारी’ फिल्म २०८० सालको ब्लकबस्टर फिल्म हो । सो वर्ष फिल्मले नेपाली बक्स अफिसमा १०० दिन पार गर्दै १७ करोड माथिको व्यापार गरेको थियो। त्यसैले निर्माण घोषणा भएदेखि नै यो फिल्मलाई प्रतिक्षित फिल्मको सूचीमा राखिएको छ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link