Home Main Highlight News ‘जारी २’ कात्तिक २१ मा आउने, भाइटीकाको रिलिज डेट स्थगित

‘जारी २’ कात्तिक २१ मा आउने, भाइटीकाको रिलिज डेट स्थगित

by Parda Sansar
A+A-
Reset

काठमाडौं । जेनजी आन्दोलनले रोकिएको फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’को नयाँ प्रदर्शन मिति घोषणा भएको छ । निर्माता कम्पनी बाँसुरी फिल्म्सले नयाँ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो ।

जसअनुसार उपेन्द्र सुब्बा निर्देशित फिल्म कात्तिक २१ गते (७ नोभेम्बर) मा रिलिज हुनेछ ।

तिहारको भाइटीकामा प्रदर्शन हुने यसअघिको निर्णयलाई स्थगित गर्दै निर्माताले नयाँ रिलिज डेट तय गरेका हुन् । फिल्म क्षेत्रलाई मर्यादित बनाउने उद्देश्यले आफूहरु भाइटीकाको मितिबाट पछि हटेको बाँसुरी फिल्म्सका मणिराम पोखरेलले बताए ।

दयाहाङ राई र मिरुना मगर स्टारर ‘जारी २’ दुई वर्षअघि प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘जारी’को दोस्रो श्रृंखला हो । पहिलो भागले घरेलु बक्सअफिसमा १७ करोडभन्दा धेरै कलेक्सन गरेको थियो ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link