Home Main Highlight News ‘अभिमन्यु’को हिन्दी भर्सनमा ‘केजीएफ’का भ्वाइस आर्टिस्ट सचिनको आवाज

‘अभिमन्यु’को हिन्दी भर्सनमा ‘केजीएफ’का भ्वाइस आर्टिस्ट सचिनको आवाज

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । यसपालिको दशैंमा फिल्म ‘अभिमन्यु’को नेपाली र हिन्दी संस्करण प्रदर्शन हुँदैछ । असोज २४ गते नेपाली र हिन्दी भर्सनमा लाग्नेछ । फिल्मको दुवै भाषाको काम पूरा भइसकेको निर्माण टिमले जनाएको छ । हालै फिल्मको हिन्दी भर्सनको सानो अंश सार्वजनिक गरिएको छ, जसमा कामेश्वर चौरासिया र लक्ष्मी बर्देवालाई देख्न सकिन्छ ।

फिल्मको हिन्दी भर्सनमा चर्चित भारतीय भ्वाइस आर्टिस्ट सचिन गोलेले कामेश्वरको पात्रमा आवाज दिएका छन् । सार्वजनिक भिडियोमा उनको आवाज प्रभावशाली देखिएको छ । साउथ फिल्म ‘केजीएफ’को हिन्दी भर्सनमा अभिनेता यशको पात्रमा आवाज दिएका उनले यसअघि ‘प्रेमगीत ३’, ‘गोर्खा वारिअर’ जस्ता नेपाली फिल्मको पनि हिन्दी डब गरिसकेका छन् ।

‘अभिमन्यु’मा आवाज दिने क्रममा सचिनले भिडियो सन्देशमार्फत् फिल्म राम्रो बनेको बताएका छन् । उनले भनेका छन्, ‘एकदमै मज्जा आयो डब गर्न । मेकरले निकै मिहिनेत गरेर साह्रै राम्रो फिल्म बनाएका छन् । नेपाली फिल्म जसरी निखारिएको आएको छ, त्यसका लागि मेकरलाई सलुट छ । यस्तो लाग्छ, ‘अभिमन्यु’ मेरो लागि नै लेखिएको थियो ।’

सुशान्त गौतमको निर्देशनमा बनेको यो फिल्ममा कामेश्वर र लक्ष्मीसहित शिशिर वाङ्देल, सरिता गिरी, गौमाया गुरुङ, किरण श्रेष्ठ लगायतको अभिनय रहेको छ । शरद महतोको छायांकन रहेको फिल्ममा विनोद पौडेल र गुञ्जन गिरी निर्माताको रुपमा छन् भने सह-निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ हुन् । विनोद र रमेश कीर्तिमानी फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता हुन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link