Home Main Highlight News ‘मोना लिसा’ को पहिलो झलक सार्वजनिक

‘मोना लिसा’ को पहिलो झलक सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । नेपाली तथा भारतीय मेकरहरुको संयुक्त लगानीमा नयाँ फिल्म निर्माण हुने भएको छ । केही दक्षिण भारतीय निर्माताहरुको सहकार्यमा नेपालमै तयार हुन लागेको यो फिल्मलाई प्रतिक्षित प्रोजेक्टका रूपमा लिइएको छ । यो फिल्म बी एण्ड के इन्टरटेन्मेन्ट र अक्स इन्टरनेशनल स्टुडियोजको संयुक्त ब्यानरमा ‘मोना लिसा’ (ब्लडी लभ) निर्माण हुने भएको हो ।

घटस्थापनाको दिन पारेर फिल्म निर्माणको औपचारिक घोषणा गर्दै टाइटल पोस्टर सार्वजनिक गरिएको छ । फिल्मको लेखन तथा निर्देशन किङ योगीले गर्ने भएका छन् ।

ठूलो बजेटमा निर्माण हुने भनिएको यो फिल्ममा भारतसहित विभिन्न देशका अनुभवी प्राविधिक टोली संलग्न हुने जानकारी अक्स इन्टरनेशनल स्टुडियोजले दिएको छ । यसअघि ठूला–ठूला अन्तर्राष्ट्रिय फिल्ममा काम गरिसकेका प्राविधिक समूह यसमा संलग्न हुने भएकाले प्राविधिक पक्ष बलियो रहने अपेक्षा गरिएको छ ।

हाल फिल्मको प्रारम्भिक तयारीसँगै कलाकार छनोट ९ कास्टिङ  प्रक्रिया अगाडि बढिरहेको निर्माण पक्षले जनाएको छ । कथा, शैली र भिजुअलमा नवीनपन ल्याउने उद्देश्यसहित निर्माण हुन लागेको यो फिल्म सन् २०२६ मा विश्वव्यापी रूपमा प्रदर्शन गर्ने योजना रहेको बताइएको छ ।

सार्वजनिक गरिएको पहिलो झलक पोस्टरमार्फत फिल्मलाई ‘ब्लडी लभ’ (रगतिलो प्रेम) भन्ने ट्याग लाइन दिइएको छ । यसले उफल्ममा रोमान्स र एक्सनको अनौठो मिश्रण रहने संकेत दिएको छ । प्रेमका लागि कसरी युद्धसम्मको परिस्थिति सिर्जना हुन्छ भन्ने विषयलाई फिल्मले प्रस्तुत गर्ने जनाएको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link