Home Main Highlight News सुरज र दीपिकाको स्वरमा ‘त्रिशूली मायाको’ सार्वजनिक

सुरज र दीपिकाको स्वरमा ‘त्रिशूली मायाको’ सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । गायक सुरज श्रेष्ठ र गायिका दीपिका व्याम्बु मगरको स्वर रहेको गीति भिडियो ‘त्रिशूली मायाको’ सार्वजनिक भएको छ । गीतमा शब्द प्रह्लाद सुवेदीको शब्द तथा सङ्गीत सुन्न सकिन्छ । समकालीन लोक–दोहोरीमा लक्षणा र अभिव्यञ्जनापूर्ण शब्द लेख्न खप्पिस गीतकार सुवेदीले यो गीतमा पनि लोक र आधुनिकको फ्युजन गराएका छन् ।

रमेश सेञ्चुरीको एरेन्ज रहेको गीतको भिडियोमा सुधीर श्रेष्ठ र उषा उप्रेती फिचर्ड छन् । सुधीरले उषा फकाउन अभिव्यक्त गरेको प्रस्तुतिलाई भिडियोमा निर्देशक शान थापाले रोमान्टिक ढङ्गले प्रस्तुत गरेका छन् । बाल कलाकार अर्चीता गौतमलाई पनि भिडियोमा देख्न सकिन्छ ।

गीतमा समावेश शब्द र दृश्यले प्रेम भाव बोलेका छन् । राजीव समरको कोरियोग्राफी रहेको भिडियोमा सम्पादन तता छायाङ्कन पवन सुस्लिङको छ ।

https://www.youtube.com/watch?v=v9txbroopCY

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link