19
बिर्तामोड । चलचित्र ‘हरिबहादुरको जुत्ता’को नयाँ गीत सुन्तलीमाई रिलिज भएको छ । समिक्षा अधिकारी र मोहितवंश आचार्यको स्वरमा रहेको गीतमा दिनेश थपलियाको शब्द, वसन्त सापकोटाको संगीत रहेको छ ।
गीतको भिडियोमा आर्यन सिग्देल, वर्षा राउत, प्रकाश सपुत, दिव्य देवसहित फिल्मका प्रमुख कलाकारलाई देख्न सकिन्छ । विक्रम स्वारको कोरियोग्राफी रहेको भिडियोलाई कृष्ण बहादुर थापाले खिचेका हुन् ।
दिपेन्द्र के खनाल निर्देशित यो फिल्म फूलपातीबाट रिलिज हुँदैछ । फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, सिता न्यौपाने, कमलमणि नेपाललगायत कलाकारको अभिनय रहेको छ । चलचित्र असोज १३ गते रिलिज हुँदैछ ।